नुवाकोट/
आगामी मङ्सिर ४ गते हुन गईरहेको आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा विकास केन्द्र शाखा नुवाकोटका अध्यक्ष भरत प्रसाद दाहालले हिजो जिल्ला प्रशासन कार्यालयमा पुगी प्रमुख जिल्ला अधिकारी नारायन प्रसाद रिसाल समक्ष ज्ञापन पत्र बुझाउनु भएको हो।
ज्ञापन पत्रमा भनिएको छ आगामि मंसिर, ४ गते हुन गईरहेको आसन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन आम नेपालीहरुको पर्व हो सबै जनता राजनैतिक पार्टी चुनावमा केन्द्रित भैरहेको अवस्थामा हामि अपाङ्गता भएका व्यक्तिहरुका लागि मतदान स्थल अपाङ्गता मैत्री नहुनु, मतदान सुरक्षा मतदान गोप्य राख्न नसकिने लगायतका महत्वपूर्ण विषयमा गम्भीर चिन्ता र चासो भएकोले श्रीमान (प्र.जि.अ.) ज्यू, समक्ष ध्यानाकर्षण तथा विनम्र अनुरोध सहित बुँदा गतमा तल उल्लेखित विषयमा ज्ञापन –पत्र बुझाएको छौं।
१. अपाङ्गता मैत्री निर्वाचन स्थल बारे ।
२. मतदान केन्द्र सुरक्षा व्यवस्था बारे ।
३. मतदानको मत गोपनियता बारे ।
४. मतदाता शिक्षा सम्बन्धि ।
बोधार्थ
जिल्ला निर्वाचन कार्यालय नुवाकोट
जिल्ला प्रहरी कार्यालय नुवाकोट
अध्यक्ष
भरत प्रसाद दाहाल
ज्ञापन पत्र बुझ्ने क्रममा प्रमुख जिल्ला अधिकारी रिसालले जिल्लाका सबै मतदान बुथहरुमा अपाङ्गता भएका व्यक्तिहरुलाई अपांगता मैत्रीपूर्ण वातावरण व्यवस्थापन गर्ने, मत गोपनियता र सुरक्षित रहने, आफुले इच्क्षाएको व्यक्तिले मतदान गर्न पाइने प्रवन्ध मिलाउने प्रतिबद्दता जनाउनु भयो।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख सहायक, प्रमुख जिल्ला अधिकारि, संचारकर्मी, बुद्दिजीवी, अपाङ्गता भएका व्यक्तिहरु,संस्थाका सल्लाहकार डिवराज न्यौपाने, लगायतका बाक्लो उपस्थिति रहेको थियो ।
