नुवाकोट /
नेपाली कांग्रेसले जिल्लाको छहरेदेखि काठमाडौको टोखासम्म जोड्ने छहरे-टोखा सुरूङ मार्ग पाँच वर्षभित्रै निर्माण सम्पन्न गर्ने प्रतिवद्धता जनाएको छ ।शनिबार कांग्रेसले आगामी चुनावका लागि संकल्प प्रस्ताव सार्वजनिक गर्दै चीन सरकारले निःशुल्क डिपिआर गरिदिने प्रतिवद्धता जनाएको सुरूङ मार्ग निर्माण प्राथमिकतामा राखेको हो ।

घोषणापत्रमा कांग्रेसलले ३।३।१ मा यातायात शीर्षकमा उच्च प्राथमिकताका साथ छहरे-टोखा सुरूङमार्ग पाँच वर्षभित्रै निर्माण सम्पन्न गर्ने उल्लेख गरेको छ ।

सभापति शेरबहादुर देउवाले शनिबार महामन्त्री विश्वप्रकाश शर्मा र प्रवक्ता डा प्रकाशरण महतलाई दायाँवायाँ राखेर कांग्रेसको घोषणापत्र सार्वजनिक गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय