
नुवाकोट /
जिल्लाको म्यागङ गाउँपालिका -५ सामरी भञ्ज्याङमा “प्रथम बागमती प्रदेश स्तरिय कराते प्रतियोगिता २०७९” अन्तर्गत रोशनी तामाङले स्वर्णपदक विजेता बनेकी छिन। उनले आयोजक टिम सामरी कल्लाबारी डोजोको प्रतिनिधित्व गर्दै उक्त स्वर्ण पदक हात पारेकी हुन।
गत असोज २५ र २६ गते सम्पन्न उक्त खेलमा अन्य जिल्लाका खेलाडीहरुलाई पछि पार्दै पदक जित्न सफल भएकी हुन।
सामरी कल्लाबारी डोजोबाट खेल जिवनको शुरुआत गरेकी उनले चोटो समयमानै ६० केजि तौल समुहमा विजेता बन्न सफल भएकोमा प्रशिक्षक गणेश तमाङले खुशी व्यक्त गरेका छन।