नुवाकोटमा मुख्य निर्वाचन अधिकृतसहितको निर्वाचन कार्यालय स्थापना

ताजा समाचार राजनीति समाचार

नुवाकोट /
जिल्लामा मुख्य निर्वाचन अधिकृतसहित निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। विदुरस्थित नुवाकोट अदालत परिसरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।

आगामी मंसिर ४ गते आइतबार हुने निर्वाचनका लागि जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले कार्यालयको बोर्ड राखेर कार्यालय उद्घाटन गरेका हुन।

उक्त कार्यालयले नुवाकोटको निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन गराउने छ भने अर्को निर्वाचन क्षेत्र नम्बर १ को कार्यालय तादी गाउँपालिका ३ खरानीटारमा स्थापना गरिएको छ ।

मुख्य निर्वाचन अधिकृत धामीले स्वच्छ र भयरहित वातावरणमा निर्वाचन हुने बताए। मनोनयनदेखि सबै कामकारबाही यही कार्यालयबाट हुनेछ भने अन्य कार्यालयको पनि सुपरिवेक्षण गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचनका लागि नुवाकोटमा मतदानस्थल र मतदान केन्द्र कायम भैसकेका छन् ।निर्वाचनमा १ सय ३२ वटा मतदानस्थल र २ सय ८७ वटा मतदान केन्द्र कायम गरिएको छ ।

अधिकांश मतदानस्थल विद्यालयहरूमा, केही स्वास्थ्य चौकी लगायतका भवनमा रहेका छन। नुवाकोटमा कुल २ लाख ३९ हजार मतदाता रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *