नुवाकोट /
जिल्लामा लामो प्रसव पीडामा रहेकी एक महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। दुप्चेश्वर गाउँपालिका–२ गाउँखर्ककी २२ वर्षीय सीता तामाङलाई हिजो दिउँसो हेलिकप्टरबाट उद्धार गरिएको हो ।राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत तामाङलाई हेलिकप्टरबाट उद्धार गरी काठमाडौँ थापाथलीस्थित प्रसूति अस्पताल पठाइएको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष शङ्करबहादुर थापाले बताए ।

atOptions = { 'key' : 'f9917186bd0575514f4e39cc9f88ea24', 'format' : 'iframe', 'height' : 60, 'width' : 468, 'params' : {} };

स्वास्थ्य संस्थाले असोज ११ गतेका लागि सुत्केरी हुने दिन तोकेको थियो ।असोज १४ गते शुक्रबार प्रसव पीडा सुरु भएपछि वडा नं ३ स्थित राउतबेँसी स्वास्थ्य चौकी ल्याइएको थियो ।

स्वास्थ्य चौकीबाट सुत्केरी गराउन नसक्ने शनिबार परिवारलाई जानकारी गराइएको थियो। परिवारको आग्रह अनुसार शनिबार स्वास्थ्य चौकीमा नै राखिएको राउतबेँसी स्वास्थ्य चौकीमा कार्यरत सिनियर अनमी कञ्चनमाला श्रेष्ठले बताइन् ।

आज एम्बुलेन्समार्फत थापाथली अस्पताल लैजान सम्भव नभएकाले तादी गाउँपालिकास्थित खरानीटाबाट उनको हेलिकप्टमार्फत उद्धार गरिएको हो। जिल्लाको १२ स्थानीय तहमध्ये दुप्चेश्वर गाउँपालिकामा मात्रै राष्ट्रपति महिला उत्थान कार्यक्रम सञ्चालन भइरहेको छ।

पूर्ण संस्थागत सुत्केरी दुप्चेश्वर निर्माणको अभियानलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमको महत्वपूर्ण योगदान रहेको गाउँपालिकाका अध्यक्ष थापाले बताए । हालसम्म उक्त कार्यक्रममार्फत सातजनाले सेवा लिएका छन् ।रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x