नुवाकोट /
जिल्लामा क्षेत्र नं . २ (ख) मा नेसपाका निर्विरोध उम्मेदवार डा भिमलाल तामाङ चयन भएका छन। सामाजिक कार्य र समाजसेवामा आफ्नो अलग पहिचान बनाएका तामाङ सर्वसम्मत उम्मेदवार चयन भएका हुन।
जनपक्षीय काममा निरन्तर लागेका युवा नेता नेपाल समाजवादी पार्टीका पोलिटब्युरो सदस्य समेत रहेका छन् ।
नुवाकोट जागरण संगको साक्षात्कारमा डा भिमलाल तामाङले आगामी मंसिर ४ गते हुने निर्वाचनमा नुवाकोट जिल्ला क्षेत्र नं २ को प्रदेश निर्वाचन क्षेत्र (ख )का लागि पार्टीको तर्फबाट आफु उम्मेदवार बनेकोले गोलाकार भित्रको हशिया हथौडामा मतदान गर्न अपिल समेत गरेका छन।
