• असोज २५, २०८३ आइतबार
    11 Oct, 2026, Sunday

    सभामुखका भाइको पुरानो भिडियो हालेर मेरो चरित्र हत्या गरियो: महेश बस्नेत


    २०७९ भाद्र १४, मंगलबार

    २०७९ भाद्र १४, मंगलबार

    नुवाकोट /
    नेकपा एमालेका नेता महेश बस्नेतले फेक भिडियो हालेर आफ्नो चरित्र हत्या गरिएको बताएका छन्।

    काठमाडौंका मेयर बालेन्द्र शाहविरूद्ध आक्रमकरूपमा प्रस्तुत हुँदै आएका उनले आफूलाई लखेटेको भन्दै सिन्धुपाल्चोकको भिडियो भाइरल गरिएको जिकिर गरेका छन्।

    माओवादी केन्द्रले सिन्धुपाल्चोकको चौतारामा मेयरको टिकट कृष्णप्रसाद सापकोटालाई दिएपछि असन्तुष्ट पक्षले गत वैशाखको मनोनयनका क्रममा माओवादी कार्यकर्ताले रोक्न खोजेका थिए।

    त्यही भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेर महेश बस्नेत भक्तपुरका वाईसीएल कार्यकर्ताबाट लखेटिएको भनिएपछि उनले यस्तो बताएका हुन्।

    माओवादी केन्द्रकै कार्यकर्ताबीच वैशाखमा भएको तनावको भिडियो राखेर चरित्र हत्या गरिएको उनले बताएका हुन्।बस्नेतले यसविरुद्ध आफू कानुनी प्रक्रियामा जाने पनि उल्लेख गरेका छन्। बस्नेतले आफ्नो चरित्र हत्यामा माओवादी कार्यकर्ताको संलग्न रहेको पनि जिकिर गरेका छन्।

    मिल्दो जुल्दो खबर