नुवाकोट /
भदौ ७ गते मंगलबार (भोलि) नेपाल बन्दको आह्वान गरिएको छ ।नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा सहित ४ दलले नेपाल बन्दको आह्वान गरेका हुन् ।

नेकपा विप्लव समुहका एक केन्द्रिय नेताले पुर्वनिर्धारित कार्यक्रम अनुसार आज साँझ देशैभरी मसाल जुलुस गरिने र भोलि बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म नेपाल बन्दको आह्वान गरिएको बताए। उनले राष्ट्रिय स्वाधीनता तथा महंगी नियन्त्रणका लागि शान्तिपुर्ण रूपमा ‘नेपाल बन्द सफल’ बनाउन आम नागरिकसंग अपिल गरे ।

साउन २७ गते संघर्षका कार्यक्रमहरू सार्वजनिक गरेका ४ दलले भाद्र १ गतेदेखि सप्ताहव्यापि संघर्षका कार्यक्रम गर्दै आएका थिए ।दलहरूको पुर्वनिर्धारित कार्यक्रम अनुसार भोलि नेपाल बन्दको आह्वान गरिएको हो ।

एमसीसी सम्झौताको विरोध, विप्लवसंग गरिएको ३ बुँदे सम्झौताको पालना, राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवालहरूमा आफुहरूले संघर्ष गरिरहेको दलहरूले बताएका छन् ।

४ दलमा नेपाल कम्युनिस्ट पार्टीका (विप्लव समूह), वैज्ञानिक समाजवादी कम्युनिस्ट, नेकपा माओवादी समाजवादी र नेपाल कम्युनिस्ट पार्टी (ऋषि कट्टेल समूह) रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय