धादिङ /
बेरुजु फर्छौट गर्नेमा धादिङको नेत्रावती डबजोङ गाउँपालिका बागमती प्रदेशकै प्रथम बनेको छ। महालेखा परिक्षककोे ५९ औँ बार्षिक प्रतिवेदन अनुसार नेत्रावती डबजोङ गाउँपालिका बेरुजु फछ्यौटमा बागमती प्रदेशकै प्रथम भएको हो ।
नेत्रावती डबजोङ गाउँपालिकाले आर्थिक बर्ष ०७७/०७८ मा बेरुजु फछ्यौटमा ०.१२ अंक प्राप्त गरी बागमती प्रदेशमा प्रथम गाउँपालिका हुन सफल भएको हो । महालेखा परीक्षकको कार्यालयले ७४४ स्थानीय तहको ९ खर्ब ९३ अर्ब ५९ करोड ३१ लाखको लेखापरीक्षण गरिएको थियो।
