काठमाडौ /
जोरपाटीमा पानीका लागि बोरिङ खन्दा ग्यास निस्किएको छ। स्थानीय सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा जमिनबाट ग्यास र बालुवामिश्रित लेदो निस्किएको हो ।
महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार बोरिङ खनेको ठाउँमा निरन्तर लेदोसहितको फोहरा निस्किएको छ। आज मंगलबार बिहान साढे १० बजेदेखि उक्त फोहोरा निस्किएको हो ।


बाहिरबाट हेर्दा धुवाँको मुस्लो निस्किएको जस्तो देखिए पनि लेदो र बालुवा समेत निस्केपछी वरपरका वातावरण फोहोर भएका छन् ।
बोरिङ खनेको घर आसपासका १५–२० घरका भित्ता र छतमा समेत लेदोले ढाकिएको छ ।
उक्त लेदोका कारण जोरपाटी चोकसमेत हिलाम्य भएको बताइएको छ। ग्यास तीव्र वेगमा जमिनबाट निस्केको हुनाले सो वेगसँगै हिलोमाटोका कणहरु हावामार्फत टाढा टाढासम्म पुर्याएको हो ।
