म कस्को मान्छे थाहा छैन
मेरो दल कुन हो थाहा छैन
मेरो नीति के थियो त्यो पनि थाहा छैन
मल नपाएर किसान खेतमा तड्पिरहदा
मन्त्रालयमा जश्न जारी थियो
वाह राजनीति!

मल कहिले आउँछ थाहा छैन
किसानले कहिले मल पाउँछन थाहा छैन
थाहा छैन थाहा छैन त्यो पनि थाहा छैन
मन्त्री बन्न एमबिसीको ग्रिन सिंगल पर्खीदै गर्दा
टेलरमा सुट सिलाउनेको लर्को थियो
वाह राजनीति ।

वैदेशिक हस्तक्षेप कहिले हट्छ थाहा छैन
पिडितले न्याय कहिले पाउँछन् त्यो पनि थाहा छैन
कैदी सम्मानित भएका छन्
गुण्डा माननीय बनेका छन्
पार्टी अफिसमा एकले अर्कालाई फकाई रहदा
ठेलामा लाश घिसार्दै थिए जनताहरु
वाह राजनीति ।

उनिहरु कै हस्ताक्षर किर्ते भए अरे ?
कतिलाई बालुवाटारले धोका दियो अरे ?
कतिलाई सर्वोच्चले धोका दियो अरे
म्यादी मन्त्रीमा तानातान र हानाहान
नेताहरु खुशीमा लड्डु खाईरहदा
पासपोर्ट च्यापेर विमानस्थलमा लर्को थियो नेपालीको
वाह राजनीति ।

सुन्छु बिश्व बैंकले यति दियो अरे
फलाना देशबाट यति अनुदान भित्रीयो अरे
कताबाट आयो कता गयो त्यो पनि थाहा छैन
हरेक नेपालीको थाप्लोमा ६३ हजार ॠण चढ्दै गर्दा
स्विस बैंकमा ५० अर्व थुप्रीयो अरे
वाह राजनीति ।
वाह राजनीति ।

रामचन्द्र तिम्सिना (आवाज)
म्यागङ ५ सामरी,नुवाकोट

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x