म झुपडीकाे हुँ महलमा वस्नेसँग तुलना मिल्दैन
सत्य वाेल्छु हजुर चिप्लो घस्नेसँग तुलना मिल्दैन।

कतै विष निकालेर अरुकाे कुभलाे गर्नु नपराेस
चाप्लुसी गरेर साँपले झै डस्नेसँग तुलना मिल्दैन ।

अरुकाे घर आँगन त्यो उजाड पारेर हाँस्न सकिन्न
भिरमा लडाई घरभित्र पस्नेसँग तुलना मिल्दैन ।

विश्वासमा नै आगाे लगाएर खरानी गरिसकेपछि
मुटुमा वसेर घातमा छुरा धस्नेसँग तुलना मिल्दैन ।

सँगै पाईला हिडेकाहरुले यहाँ आगाे लगाएपछि
दुनियाँ छलेर आफ्नै सुर कस्नेसँग तुलना मिल्दैन ।

भगवती खनाल (सुनाखरी)
नुवाकोट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय