रवि लामिछानेको चुनाव चिन्ह सार्वजनिक: भ्रष्टहरुको दिमागमा घण्टी बजाउने घोषणा

ताजा समाचार राजनीति

काठमाडौ /
रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको प्रस्तावित चुनाव चिन्ह घण्टी राखेका छन्। आज राष्ट्रिय सभागृहमा पार्टीको घोषणापछि चुनाव चिन्ह सार्वजनिक गरेका हुन्।

पार्टीको  प्रस्तावित चुनाव चिन्ह सार्वजनिक गर्दै रविले भने,  हामी भ्रष्टहरुको दिमागमा घण्टी बजाउँछौं।’ उनले आफू राजनीतिमा राजनीतिको हिलो सफा गर्न आएको पनि उल्लेख गरे।

उनले प्रश्न सोध्ने सजिलो काम छोडेर जवाफ दिने गाह्रो काम गर्न आएको बताउँदै आफू व्यवस्था बदल्न आएको भन्दा पनि जनताको अवस्था परिवर्तन गर्न राजनीतिमा आएको बताए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *