नुवाकोट /
जिल्लाको म्यागङ -५ सामरी भञ्ज्याङ मध्यपहाडी लोकमार्गमा मोटरसाइकल दुर्घटना भएको छ। काठमाडौबाट त्रिशुली भएर सामरी हुँदै नेत्रावती जाँदै गरेको मोटरसाइकल दुर्घटनामा परेको हो।

सामरी बजारको तल्लो घुम्ती लप्सिबोटबाट उक्त मोटरसाइकल ४० मिटर तल पुगेको छ भने उक्त दुर्घटनामा चालक नेत्रावती ४ घर भएकि २० वर्षकी बिनिता परियार सामान्य घाइते भएकी छिन।

अनियंत्रित उक्त मोटरसाइकलका चालक माथी सडकमै हामफाल्न सफल भएकोले जनधनको ठूलो क्षती हुनबाट जोगिएको छ।उक्त दुर्घटनाग्रस्त मोटरसाइकल सामरी प्रहरी चौकिको नियन्त्रणमा रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय