नुवाकोट /
मोबाइल लुटपाटमा संलग्न म्यागङ -५ का एक सहित दुईजना पक्राउ परेका छन् ।

घटना विवरण अनुसार यहि ज्येष्ठ २०गते दिनको समयमा काठमाडौ – १० नँया बानेश्वर चोक नजिकै रहेको आकाशेपुल अगाडी श्रीनगर फेन्सी कपडा पसलमा रहेको मोवाईल तथा नँया बानेश्वर पुल नजिक पुनम अधिकारीको साथमा रहेको मोवाईल लुटपाट गर्ने कार्यमा संलग्न रहेका मानिसहरुको खोजी गर्ने क्रममा उनिहरु पक्राउ परेका हुन।

यही ज्येष्ठ २० गते दिनको १३:४५ बजेको का.म. वडा न ३१ नँया बानेश्वर चोक बाट शंखमुल तर्फ जाने बाटोमा मोवाईल लुटपाट गर्ने कार्यमा सम्लग्न रहेका नुवाकोट मेघाङ गा.पा.वडा न ५ घर भई हाल का.जि.महाबौद्ध बस्ने बिक्की अर्याल तथा लुटपाट गरेका मोवाईल लुटपाट गरी ल्याएको हो भन्ने जानी जानी खरिद गर्ने जिल्ला काभ्रे पाँचखाल न.पा. वडा न ४ घर भई हाल का.जि. २८ बागबजार बस्ने बर्ष २८ को राम श्रेष्ठलाई लुटपाट गरेका मोवाईल ९ थान सहित पक्राउ गरी आवश्यक कारबाहीको लागी प्रहरी बृत्त बानेश्वर पठाईएको छ ।

पक्राउ व्यक्तिहरु:-

१) नाम:– बिक्की अर्याल
उमेर :– २९ बर्ष
ठेगाना:– जिल्ला नुवाकोट मेगाङ गा.पा. वडा न ५
हालको ठेगाना:- का.जि. महाबौद्ध ।

२) नाम:- राम श्रेष्ठ
उमेर :- २८ बर्ष
ठेगाना :- जिल्ला काभ्रे पाँचखाल न.पा. वडा न ४
हालको ठेगाना :- का.जि. बागबजार ।
बरामद सामानहरु:-
१. बिभिन्न मोडलका ९ थान मोवाईल

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय