म गणेशकाे वरि परि घुम्दिन र
उनकाे प्रथम पुज्य हुनुकाे
कारणमै शंका गर्छु र
उनकाे याेग्यताकाे प्रमाणपत्र खाेज्छु
यस्काे मतलव गणेश
म सँग रिसाउन सक्छन र
सुटुक्क काटिदिन सक्छन मुसाहरूले
मेरेा प्रमाणपत्रका चाङहरू र
क्राेधित भै मसँग
आशिर्वादकाे लड्डु नदिन पनि सक्छन
तर लड्डुकाे आसले
म मेरा प्रश्नहरू किन राेक्ने ?

डमरू बजाएर
भष्मकाे लेप लगाएर
एकाेहाेरेा शिवकै मात्र भजन गाएर
मलाई शिवकाे प्यारेा बन्नलाई
भजन मण्डलिमा समावेश हुनु छैन
यस्काे मतलब ताण्डव नृत्य गरेर
नन्दी भृङ्गीलाई साक्षी राखेर
वरदान नदिन सक्छन मलाइ
शिवजीले प्रथम पुज्यकाे ।

बरू उल्टै प्रश्न गर्न सक्छन
कैलाश पर्वतकाे वरिपरि नघुम्नुकाे कारण
पाउमा हरेक दिन दण्डवत नगर्नुकाे कारण
अनेकाै सुचि तयार पार्न सक्छन
गणेशसँगकाे प्रतिस्पर्धामा
म येाग्य नहुनुकाे कारण ।

फेरि पनि म बारम्बार
आफैलाई याेग्य प्रमाणित गर्न
येाग्यताकाे प्रमाणपत्र बाेकेर
कदापि अब धाउने छैन
हनुमानले झै रामकाे कुटिमा
यस्काे मतलव वानर सेनाहरू रिसाएर
मेरा सुन्दर बगैचाका
केही फूलका विरूवाहरू भाचिदिन सक्छन
फेरि पनि म निरन्तर
गाेडमेल गर्नेछु मेरा बगैचामा बाकि रहेका
सुन्दर ती विरूवाहरूकाे

विश्वास छ एक दिन
त्येा सुन्दर बगैचामा
मेरा चाहनाका फूलहरू फुल्नेछन र
मैले एकाेहाेरेा नृत्य गर्नु पर्ने छैन
राधाले झै कृष्णकाे मात्र बाँसुरीमा र
आफ्नै पदचापलाई पछ्याउदै हिड्दा
अब कुनै आराध्य देवकाे
आरती गरेर अनि
धुप वत्ती र भेटी चढाएर
बलि चढाउनु पर्ने छैन मैले फेरि
मेरेा स्वाभिमानकाे।

रुपा थापा
नुवाकोट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय