नुवाकोट /
जिल्लाको विदुर नगरपालिकामा बाल शिक्षकहरु भेला भएर एक सँघर्ष समिति गठन गरेको छ ।हिजो शनिबार भएको उक्त भेलाले भगवती खनालकाे अध्यक्षतामा बाल शिक्षककाे हक हित र सुरक्षाकाे लागी भन्दै ४२ सदस्यीय सँघर्ष समिति समेत गठन गरेको हो।
बाल शिक्षकहरुलाई राज्यले अपहेलना र तिरस्कार गरि उचित पारिश्रमिक नदिएको र गत वर्षकाे वजेट भाषणमा केन्द्रीय सरकारले आठ हजार स्थानीय सरकारले सात हजार थपि न्युनतम परिश्रमीक उपलब्ध गराउने भनिएता पनि तेतिखेरकाे मेयर,उपमेयरले झनै तिरस्कार गरि पारिश्रमीक उपलब्ध नगराउनुकाे कारण उनिहरुले संघर्ष समिति गठन गर्नुपरेको जनाएका छन।
यसका साथै हरेक विधालयमा रहेको बाल शिक्षकले अरु शिक्षक सरह विधालयमा वसि पढाउनु पर्ने भएता पनि उचित पारिश्रमीक दिनुपर्छ भन्ने कुरामा न विधालय वाेलेको छ नत सम्बन्धि विद्यालयका प्र अ नै बोलेको छ।
तेतिमात्र होइन बाल शिक्षकलाई विधालयका प्र अ देखि व्यवस्थापन समितिका अध्यक्षहरुले समेत ठाउँ ठाउँमा दुःख दिने बाल शिक्षकले आफ्नाे कुरा राख्दा तिमीहरू सवैभन्दा तल्लो तहकाे कर्मचारी हौ तिमीहरूले वाेल्न मिल्दैन भनी कतिपय विधालयकाे प्र अ लगायत अन्य शिक्षकले समेत अपहेलना र तिरस्कार गर्ने गरेको बाल शिक्षकहरुकाे गुनासाे रहेको छ।
यस्तैगरी अरु शिक्षकले परि आउँदा विदा पाउने र बाल शिक्षकले समस्या पर्दा विदा लिनुपर्याे भने प्र अ हरुले विदा नदिने गरेको पनि बाल शिक्षकहरुकाे गुनासाे रहेको छ।यसरी सवैवाट तिरस्कृत र अपहेलित बाल शिक्षककाे हक र हितकाे लागी भन्दै ४२ सदस्यीय सहितकाे सँघर्ष समिति गठन गरिएको अध्यक्ष भगवती खनालले नुवाकोट जागरणलाई बताए।