नुवाकोट /
नेपाल आयल निगमले इन्धनको मूल्यमा भारी बृद्धि गरेको छ ।आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टिलेमा प्रतिलिटर १० रुपैयाँ बृद्धि गरिएको आयल निगमले जनाएको छ ।

अब एक लिटर प्रेट्रोलको १८० रुपैयँ पर्नेछ भने मटिट्तेल र डिजेलको १६६ रुपैयाँ । खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिण्डर २०० रुपैयाँ बढेको छ । अब एक सिलिण्डर ग्याँसका लागि १८०० रुपैया तिर्नुपर्नेछ ।

हवाई इन्धन (अन्तरिकतर्फ) को मूल्य पनि बढेको छ ।१० रुपैयाँ बृद्धि गरेर प्रतिलिटर १६६ रुपैयाँ तोकिएको आयल निगमले जनाएको छ ।

अन्तराष्ट्रिय बजारमा प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएकाले यो मूल्य समायोजनपछि पनि पेट्रोलमा मासिक १ अर्ब, डिजेलमा ३ अर्ब ४० करोड र एलपी ग्यासमा ३ अर्ब घाटा हुने देखिएको निगमको दाबी छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x