नुवाकोट /
जिल्लाको सूर्यगढी गाउँपालिका–२ का एक १६ वर्षीय विशाल लामाको तादी खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।

सानीआमाको घर आएका बेला विदुर नगरपालिका–५ स्थित तादी खोलाको नागेघाटमा पौडी खेल्न गएको र पानीबाट निस्कन नसकेपछि अभिभावकलाई बोलाएर बाहिर झिक्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको शव पोस्टमार्टमका लागि त्रिशूली लगिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x