
नुवाकोट /
जिल्लाको म्यागङ गाउँपालिकामा र बेलकोटगढी नगरपालिकामा दलित महिला सदस्यमा एक/एक जनाको मात्रै उम्मेदवारी परेका छन् ।
बेलकोटगढी वडा १ मा ठूलीकान्छी नेपाली र म्यागङ वडा ६ मा कमला बिकको उम्मेदवारी परेको हो ।नेपाली नेकपा एकीकृत समाजवादी र बिक नेपाली कांग्रेसबाट उम्मेदवार बनेका हुन् । दुवैलाई निर्विरोध घोषणा गर्नमात्र बाँकी रहेको निर्वाचन कार्यालयले जनाएका छन् ।
जिल्लाको १२ वटै स्थानीय तहमा आइतबार र सोमबार गरी २ हजार ८७ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख जयप्रसाद गौतमले बताए ।