नुवाकोट।
देशभरका यातायात व्यवसायीहरुको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको उपाध्यक्षमा रवि रिमाल निर्वाचित हुनुभएको छ ।

महासंघको छैटौँ महाधिवेशनको आज विहान सम्पन्न मतगणनामा उपाध्यक्षका उम्मेदवारमध्ये रिमालले ३३४ मत ल्याई निर्वाचित हुनुभएको हो ।

उपाध्यक्ष रिमाल यसअघि महासंघको उपमहासचिव हुनुहुन्थ्यो । नुवाकोटको राइसिङ निवासी रिमालले पासाङ ल्हामु बस व्यवसायी कम्पनीमार्फत आफ्नो व्यवसायीक यात्रा अगाडि बढाउनुभएको थियो ।

नवनिर्वाचित उपाध्यक्ष रिमालले नेपालको यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि नेतृत्वदायी भूमिका खेल्दै आउनुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय