काठमाडौं /
प्रहरी प्रधान कार्यालयले स्थानीय तहको चुनावका लागि १ लाख म्यादी प्रहरी भर्ना गर्न आवेदन मागेको छ। कार्यालयले मंगलबार सूचना जारी गर्दै म्यादीका लागि आवेदन खोलेको हो। ४० दिनका लागि म्यादी प्रहरीमा भर्ती हुन इच्छुकले यही चैत ६ गतेदेखि ११ गतेसम्म आवेदन गर्न पाउनेछन्।

म्यादी प्रहरीको आवेदन सबै जिल्ला प्रहरी कार्यालय र काठमाडौं उपत्यकाका प्रहरी परिसरमा दिन सकिनेछ। कार्यालयका अनुसार म्यादी भर्तीमा सुरक्षा निकायमा ०७८ साउन १ गतेपछि भर्नाका लागि आवेदन दिएर शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा सफल भएकालाई प्राथमिकता दिइनेछ। सामान्य लेखपढ गर्न सक्नेलेसमेत म्यादीमा भर्नाका लागि आवेदन दिन पाउने सूचनामा उल्लेख छ।

कार्यालयले यही चैत १५ गते म्यादी प्रहरीको छनोट शुरु गरिने र चैत २२ मा नतिजा प्रकाशन गरिने उल्लेख गरेको छ।

हेर्नुहोस सूचनाः

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय