
नुवाकोट /
सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरीमा आयोजना गरिएको प्रथम खुल्ला कराँते प्रतियोगितामा म्यागङ -५ को “सामरी कल्लाबारी डोजो”ले १ स्वर्ण पदक सहित कुल १२ पदक जितेको छ।
माननीय शेरबहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त खेलमा सामरी कल्लाबारी डोजोबाट आयुस तामाङले स्वर्णपदक, रोस्नि तामाङ र अदिप तामाङले रजतपदक, विपना तामाङ, सरिता तामाङ ,जेनि तामाङ, बिवेक तामाङ र रामराना मगरले कास्यपदक हात पारेका छन् ।
प्रतियोगिता गत फागुन २७ र २८ गते भएको थियो।