
काठमाडौ/
नागार्जुन नगरपालिका वडा न ३ मा तेक्वान्दो प्रतियोगिता हुने लागेको छ । Lion Marts Art तेक्वान्दो डोजाङ्गको आयोजनामा 1st Lion Bagmati Province Level Invitation Taekwondo Champainship-2081 हुन लागेको हो।
उक्त प्रतियोगिता फागुन ३ गते शनिवार हुने भएको छ। बाग्मती प्रदेशका २० भन्दा बढी टिमको २५० जना खेलाडिहरु सहभागितामा रहने प्रतियोगिता मिलन चोकको प्राङ्गणमा हुने कार्यक्रमका संयोजक अनिल राज शाक्यले पत्रकार सम्मेलनमा जानकारी गराए।
यसै डोजाङ्गका अध्यक्ष:रोहित गुरुङ र नागार्जुन नगर तेक्वान्दो बिकास समितिका सचिब:अमृत तामाङले पत्रकार सम्मेलनमा सहभागी गराए थिए ।उनका अनुसार एकदिवसीय खेलमा विजेता टिमलाई ट्रफी साथै विभिन्न पुरस्कार प्रदान गरिनेछ।
प्रतियोगिताको उद्घाटन तथा समापनमा बाग्मती प्रदेशका माननीय मुख्य मन्त्री बहादुर सिङ्ग लामाबाट हुने जानकारी संयोजकले पत्रकार सम्मेलनमा जानकारी गराए।
खेलकुदको माध्यमबाट युवाहरूलाई अनुशासित बनाउनुका साथै स्वस्थ शरीर र मस्तिष्कको विकास गर्न र समग्र खेल क्षेत्रको उत्थान गर्ने लक्ष्यका साथ प्रतियोगिता आयोजना गरिएको संयोजकले बताए।