
नुवाकोट /
जिल्लाको म्यागङ -५ को सामरी कल्लाबारी डोजोले २ स्वर्णसहित ५ पदक जितेको छ। टोखा नगरपालिकाको वादोंकाई कराते तथा सूर्यदर्शन क्लब द्वारा आयोजित प्रथम इंडो नेपाल वादों काई कराते च्याम्पियनसिप २०२५ मा उक्त उपाधी जितेको हो।
आयुष तामाङ र ओस्पिना तामाङले स्वर्ण पदक indivisual कतामा स्वर्णपदक जित्न सफल भएका छन ।
यस्तैगरी ५० केजि तौल समुहमा जेनी तामाङ २ रजत पदक र सुरज तामाङले एक रजक पततपदक जित्न सफल भएका थिए भने २० केजि तौल समुहमा बिमल तामाङले कास्य पतक हात पारेका छन।
सामरी कल्लाबारी डोजोका प्रमुख प्रशिक्षक गणेश तामाङ रेफ्रीको भुमिकामा रहेका थिए।