नुवाकोट/
उज्यालो नेपाल पार्टी नुवाकोट जिल्ला समितिको बैठक सम्पन्न भएको छ। जिल्ला अध्यक्ष श्री भाग्यश्री लामाको अध्यक्षतामा उक्त बैठक सम्पन्न भएको हो।

बैठकमा पार्टीका केन्द्रीय सदस्य श्री देवकी पौडेल, बागमती प्रदेश कमिटीका सचिव श्री श्यामराज पाठक लगायत जिल्ला समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।


बैठकमा पार्टी संगठनलाई थप सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउँदै गाउँ समिति, नगर समिति, वडा समिति तथा पार्टीका विभिन्न जनवर्गीय एवं संगठनात्मक संरचनाहरूलाई थप मजबुत बनाउने विषयमा गहन छलफल गरिएको थियो।
यसैगरी, संगठन विस्तारलाई तीव्रता दिँदै जनस्तरसम्म पार्टीको उपस्थिति विस्तार गर्ने, स्थानीय तहसम्म संगठनलाई व्यवस्थित रूपमा विस्तार गर्ने तथा पार्टीका सबै तहका कमिटीहरूलाई सक्रिय र चलायमान बनाउने विषयमा पनि महत्वपूर्ण छलफल भएको छ।
बैठकले गाउँदेखि वडा तथा स्थानीय तहसम्म संगठन विस्तार गरी पार्टी संरचनालाई थप मजबुत र व्यवस्थित बनाउने महत्वपूर्ण निर्णय गर्दै आगामी दिनमा एकताबद्ध रूपमा संगठन निर्माण र विस्तार अभियानलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।
