• कार्तिक ३०, २०८३ सोमबार
    16 Nov, 2026, Monday

    अजिङ्गरे माविका १५० विद्यार्थीलाई वर्मिङ हार्ट्स नेपालको न्यानो सहयोग


    २०८३ कार्तिक २८, शनिबार

    २०८३ कार्तिक २८, शनिबार

    नुवाकोट/
    वर्मिङ हार्ट्स नेपालले नुवाकोटको विदुर नगरपालिका–१३ स्थित श्री अजिङ्गरे माध्यमिक विद्यालयमा अध्ययनरत १५० जना विद्यार्थीलाई न्यानो ज्याकेट तथा शैक्षिक सामग्री वितरण गरेको छ।

    बालकक्षादेखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीलाई लक्षित गरी चिसो मौसमबाट जोगाउन न्यानो ज्याकेट र पठनपाठनमा सहयोग पुर्‍याउने उद्देश्यले आवश्यक लेखन तथा शैक्षिक सामग्री उपलब्ध गराइएको हो।

    विद्यालयका प्रधानाध्यापक सुदर्शन रिमालका अनुसार यस सहयोगले विद्यार्थीहरूको अध्ययनमा सहजता ल्याउनुका साथै उनीहरूमा सिकाइप्रति थप उत्साह जगाउने विश्वास गरिएको छ। विद्यालयको शैक्षिक तथा विद्यार्थीमैत्री वातावरण निर्माणमा यस्ता सहयोगले महत्त्वपूर्ण योगदान पुर्‍याउने उहाँले बताउनुभयो।

    कार्यक्रममा अनामिका अर्याल, सरोज भण्डारी, रीना गौचन, छेवाङ शेर्पा र पेमा तुलाधरको उपस्थिति रहेको थियो।

    प्रधानाध्यापक रिमालले सहयोगी संस्था वर्मिङ हार्ट्स नेपाल परिवार तथा कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरूप्रति विद्यालयको तर्फबाट हार्दिक आभार व्यक्त गर्नुभएको छ। – anjan gubhaju

    सम्बन्धित