नुवाकोट जागरण
२०८३ कार्तिक ९, सोमबार
२०८३ कार्तिक ९, सोमबार
नुवाकोट /
जिल्लाको लिखु गाउँपालिका–३ स्थित काल्छेभिरमा सुक्खा पहिरो खस्दा मिजार टोलका सात घर पहिरोको जोखिममा परेका छन्। पहिरोले गाउँपालिका र वडा कार्यालय पुग्ने सडकसमेत अवरुद्ध बनाएको छ।

सोमबार बिहान खसेको पहिरोका कारण स्थानीय बस्ती जोखिममा परेको लिखु गाउँपालिका–३ का वडाध्यक्ष सीताराम पुलामी मगरले जानकारी दिनुभयो।
वडाध्यक्ष मगरका अनुसार जोखिममा रहेका सात घरपरिवारलाई सोमबार नै सुरक्षित स्थानमा सार्ने तयारी गरिएको छ। पहिरोले सडक अवरुद्ध भएपछि गाउँपालिका तथा वडा कार्यालयसम्म आवतजावत गर्न स्थानीयलाई कठिनाइ भएको छ।
पहिरोका कारण बस्तीका घरपरिवारको सुरक्षामा चुनौती थपिएको छ भने स्थानीय आवागमनसमेत प्रभावित बनेको छ।

