नुवाकोट /
जिल्लाको म्यागङ गाउँपालिका -५ पोखरी डाँडामा जारी सातौं नगिनिकपको प्रथम उपाधी विदुर -१२ ले जितेको छ। निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक रहेको खेलमा जोरचौतारालाई पराजित गर्दै विदुर १२ विजयी बनेको हो।

पहिलो हाफसम्म गोलरहित रहेको उक्त खेलमा विदुर १२ ले दोस्रो हाफको मध्यतिर गरेको १ गोल नै निर्णायक गोल बनेको थियो।

२१ टिमको सहभागिता रहेको उक्त प्रतियोगिताको समापन समारोहमा नेपाली कांग्रेसका क्षेत्रीय सभापति जगतबहादुर तामाङको प्रमुख आतिथ्यता रहेको थियो भने म्यागङ गाउँपालिकाका प्रमुख आशा तामाङको विशिस्ट अतिथी र उपाध्यक्ष सीता तामाङको विशिस्ट आतिथ्यता रहेकोे थियो।

प्रतियोगितामा विजेता बनेको विदुर १२ ले १ लाख ५ हजार नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको जोरचौताराले ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x