
नुवाकोट /
जिल्लाको म्यागङ गाउँपालिका -५ पोखरी डाँडामा जारी सातौं नगिनिकपको फाइनलमा बिदुर १२ को विरुद्ध जोरचौताराले प्रतिस्पर्धा गर्नेछन।
कुपा युवा क्लबलाई ३ शून्य गोल अन्तरले पराजित गर्दै विदुर -१२ फाइनल प्रवेश गरेको हो भने आयोजक नगिनिथानलाई १ गोलका विरुद्ध २ गोल गर्दै जोरचौतारा फाइनल प्रवेश गरेको हो।
गत माघ १४ गतेदेखि शुरु भएको उक्त प्रतियोगितामा २१ टिमको सहभागिता रहेको थियो ।भोलि माघ १९ गते ल्होछार सहितका विविध सांस्कृतिक कार्यक्रम गर्दै प्रतियोगिताको समापन गरिनेछ।
प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ५ हजार पुरस्कार प्राप्त गर्नेछन भने द्वितीय हुने टिमले ५० हजार पुरस्कार प्राप्त गर्नेछन।