
नुवाकोट /
जिल्लाको म्यागङ गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा) नेपालको पार्टी कार्यालय स्थापना गरिएको छ।केन्द्रिय सदस्य डा. भिमलाल तामाङले उक्त पार्टी कार्यालय उद्घाटन गरेका हुन।
म्यागङ -३ चिउरी भञ्ज्याङमा खोलिएको पार्टी कार्यालय उद्घाटन कार्यक्रममा अगुवा कार्यकर्तालाई प्रशिक्षण पनि गरिएको जिल्ला अध्यक्ष ईश्वरकुमार राउतले नुवाकोट जागरणलाई बताए ।उक्त कार्यक्रममा जसपा नेता कार्यकर्ता र स्थानीय सर्वसाधारणको उपस्थिति रहेको थियो।