
नुवाकोट /
नेकपा एमालेकाे भातृ संगठन “लाेकतान्त्रिक राष्ट्रिय अपाङ्ग संगठन नेपाल” नुवाकाेटकाे प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ। नेकपा एमालेकाे केन्द्रीय सदस्य तथा नुवाकाेट जिल्ला इन्चार्ज बिन्दा ढुङ्गानाकाे प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
उक्त अधिवेशनले डिल्ली रमन सिग्देललाई अध्यक्षमा चयन गरेको छ। साथै उपाध्यक्षमा मनाेहरिसा थापा मगर, सचिवमा नरेन्द्र तमाङ थिङ, सहसचिवमा राम प्रसाद धमलाका साथै अन्य सदस्यहरुमा: यम वहादुर ढुङ्गाना, नारायण चालिसे, बैकुण्ठ पान्डे, मन माया गुरूङ, सुमन श्रेष्ठलाई चयन गरेको नेकपा एमाले जिल्ला सदस्य रुपा थापाले नुवाकोट जागरणलाई बताए ।