आजको पंचांग 

वि.सं. फागुन २०, २०७८ । ई.सं. 04 Mar, 2022 । शक संवत् १९४३ । नेपाल संवत् ११४२ चिल्लाथ्व । राक्षस । उत्तरायण । शिशिर । शुक्रवार । फाल्गुण शुक्लपक्ष । तिथि – द्वितिय , २१:५८ बजे उप्रान्त तृतीया । नक्षत्र – उत्तरभाद्रपदा , २७:१४ बजे उप्रान्त रेवती । योग – शुभ , २७:१३ बजे उप्रान्त शुक्ल । करण – वालव १०:०८ बजेदेखि कौलव , २१:५८ बजे उप्रान्त वणिज । चन्द्रराशि – मीन । आनन्दादि योग – ध्वज । दिनमान २९।०४ । सूर्योदय ६:२८ । सूर्यास्त १८:०५ । पञ्चक चन्द्रोदय ।

आजको राशिफल : 

मेष – (चु, चे, चो, ला, ली, लु, ले, लो, अ)
शारीरिक समस्याले मनमा चिन्ता उत्पन्न गराउने छ । आफन्तहरुबाट असहयोग प्राप्त हुनेछ । धन क्षय हुनेछ । काममा सफलता मिल्ने छैन । अनावश्यक रुपमा धन खर्च हुनेछ । अध्ययनमा मन जानेछैन । अनावश्यक यात्राहरु हुनेछन् । व्यवसायमा घाटा होला ।

वृष – (ई, उ, ए, ओ, वा, वी, वु, वे, वो)
नयाँ कामको सुरुवात गर्न आजको दिन राम्रो रहेको छ ।कामहरु बन्दै जानेछन । मित्रहरुसंग मिलनको योग छ । मीठो भोजन तथा धन प्राप्त हुनेछ । व्यवसायबाट फाइदा हुने दिन छ ।आफन्तबाट प्रसस्त मात्रमा सहयोग प्राप्त हुनेछ ।अध्ययनको क्षेत्र सफल रहनेछ ।

मिथुन – (का, की, कु, घ, ङ, छ, के, को, हा)
मनले चिताएको काममा सफलता मिल्ने योग छ । इष्ट सिद्धि हुनेछ ।रोकिएका कामहरु पुरा हुनेछन् । तिव्रतापूर्वक काम गर्दा वेस हुनेछ ।कर्मको फल प्राप्त हुनेछ ।विद्यार्थी तथा व्यापारीहरुका लागि आजको दिन विशेष फलदायी रहनेछ ।

कर्कट – (ही, हु, हे, हो, डा, डी, डु, डे, डो)
सरकारी काममा झमेला हुनेछ ।सन्तानसंग मतभेद हुनेछ । यात्राको अवसर प्राप्त हुनेछ ।रोजगारी तथा व्यवसायबाट फाइदा हुने छैन ।पेटमा वायुविकार जन्य समस्या आउनेछ ।खानपानमा विशेष सतर्कता अपनाउनु होला ।विद्यार्थीहरुका लागि आजको दिन शुभ रहेको छ ।

सिंह – (मा, मी, मु, मे, मो, टा, टी, टु, टे)
मनमा चिन्ता बढनेछ ।वादविवाद हुन सक्नेछ सतर्क रहनु होला ।शरीरमा वायु विकार देखा पर्नेछ ।चिसोका कारण स्वास्थ्यमा समस्या आउनेछ । जिवजन्तुको भए रहनेछ । अध्ययन तथा वैतनिक मार्ग फलदायी रहने छैन ।आज नयाँ कामको थालनि नगरेकै राम्रो हुनेछ ।

कन्या – (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो)
यान तथा बाहनबाट सुख मिल्नेछ ।आर्थिक उन्नति तथा प्रगतिको योग रहेको छ ।मान प्रतिष्ठा बढ्ने योग छ । मीष्ठान्न भोजन प्राप्त हुनेछ ।परिवारबाट सहयोग मिल्नेछ ।व्यवसायबाट प्रसस्त आमदानी हुने दिन रहेको छ ।पढाइमा सफलता मिल्ने दिन रहेको छ ।

तुला – (रा, री, रु, रे, रो, ता, ती, तु, ते)
आकस्मिक धन प्राप्तिको योग छ ।यश प्राप्त हुनेछ ।शत्रु परास्त हुनेछन् । स्वास्थ्य राम्रो रहने छ । मनले चिताएको काम पुरा हुनेछ ।प्रेममा सफल हुने दिन छ ।विपरीत लिंगीका साथीबाट पूर्ण सहयोग मिल्नेछ । अध्ययन तथा व्यवसायीक क्षेत्र फलदायी रहेका छन् ।

वृश्चिक – (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
मेहनतसाथ गरेको काम सफल हुनेछैन । यात्रा अर्थपूर्ण नहोला । मन अशान्त रहनेछ । धन तथा सामान हराउन सक्नेछ सजगता अपनाउनु होला । व्यापार व्यवसायबाट त्यति आम्दानी हुने छैन । विद्यार्थीहरुका लागि आजको दिन त्यति फलदायी हुने छैन ।

धनु – (ये, यो, भा, भी, भू, धा, फा, ढा, भे)
आफन्त तथा भाइवन्धुहरुसंग झगडा हुनसक्छ व्यवहार गर्दा सजग रहनुहोला । पेट तथा कोखा सम्बन्धी समस्या देखिन सक्नेछ । आज नयाँ कामको थालनि नगरेको राम्रो काम विग्रनेछ । मन अस्थिर रहनेछ । काममा सफलता मिल्ने छैन । अध्ययन तथा वैतनिक क्षेत्र अशुभ रहने छ ।

मकर – (भो, जा, जी, खी, खु, खे, खो, गा, गी)
स्वास्थ्यमा देखिएको समस्याबाट छुट्कारा मिल्नेछ । शत्रु पराजित हुनेछन । आकस्मिक धनलाभ हुने योग छ । प्रेममा सफल हुने योग छ । उपहार प्राप्त हुनेछ । आजको दिन सुखद् तथा प्रेमिल रुपमा व्यतित हुनेछ । विद्यार्थी भाइबहिनीहरुका लागि आजको दिन राम्रो रहेको छ । व्यवसायबाट फाइदा हुनेछ ।

कुम्भ – (गू, गे, गो, सा, सी, सु, से, सो, दा)
मनमा असन्तोष बढनेछ । स्वास्थ्य सम्बन्धि समस्या देखिनेछ । अनावश्यक रुपमा धन क्षय हुनेछ । आज कटुवचनको प्रयोग नगर्नु होला । अनावश्यक रुपमा विवाद उत्पन्न हुन सक्नेछ । आँखाको समस्याले सताउने छ । खान-पानमा ख्याल गर्नुहोला ।

मीन – (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
रोगबाट छुट्कारा मिल्नेछ । सत्कार तथा मान सम्मान प्राप्त हुनेछ । स्त्रीसुख प्राप्त हुनेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । अन्नलाभ हुनेछ । स्वास्थ्य राम्रो रहनेछ । विद्यार्थीहरुको अध्ययनको क्षेत्र राम्रो रहनेछ ।व्यवसायवाट प्रसस्त आम्दानी होला ।

राशिफल लेखक :- ज्यो. पं युवराज अधिकारी 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x