चितवन /
आफ्नै १४ वर्षीया बालिका छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चितवनमा एकजना पक्राउ परेका छन्।चितवनको कालिका नगरपालिकाका ५२ वर्षीय पुरुषलाई बुधबार प्रहरीले पक्राउ गरेको हो।

बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी बिट पदमपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धनमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x