किम्ताङ फेदिबाट ४ जना महिला पक्राउ

समाचार

नुवाकोट /

रुबी जस्तो देखिने टल्कने सेतो ढुंगा सहित ४ जना पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

धादिङको खनियाबास गाउँपालिका ४ किन्ताङफेदी स्थित अस्थायी प्रहरी पोष्ट किङताङफेदीमा सेर्तुङ बोराङबाट धादिङबेसी तर्फ जादै गरेको बोलेरो चेकजाँच गर्ने क्रममा रुबी जस्तो देखिने टल्कने सेतो ढुंगा ल्याउँदै गरेका ४ जना पक्राउ गरिएको हो ।

ना १ ज २७७१ नं. को बोलेरो गाडीमा लुकाई छिपाई ल्याउँदै गरेको रुबी जस्तो देखिने टल्कने सेतो ढुंगा ४० (चालिस) केजी सहित ४ जना महिलाहरुलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय धादिङ मार्फत डिभिजन वन कार्यालय धादिङबेसीमा बुझाइएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *