काठमाडौ /
प्रतिनिधिसभाको भोलि बस्ने बैठकको सम्भावित कार्यसूचीमा अमेरिकी सहायता परियोजना एमसीसी परेको छ ।
फागुन ८ गतेको बैठकमा टेबल भएको एमसीसी सम्झौता प्रस्तावमाथि छलफल गर्ने प्रस्ताव भोलिको बैठकको कार्यसूचीमा राखिएको छ ।
बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौता प्रस्तावमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । एमसीसी टेबल हुँदा भने शर्मा विरामी परेपछि सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले पेश गरेका थिए ।
एक बजे बस्ने संसदको बैठकअघि विहान ११ बजे कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बोलाइएको छ । बैठकमा एमसीसी सम्झौतालाई छलफलमा लाने कि नलाने, कसरी लाने भन्ने विषयमा सबै दलका सचेतकमार्फत सभामुखले सहमति खोज्नेछन् ।
फागुन १६ को समयसीमा भएको एमसीसी पारित गर्न सरकारले सबै विकल्पमा सम्वाद अगाडि बढाउँदै त्यअगावै पारित गर्ने तयारी छ ।