काठमाडौ /
नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजुर्ननरसिंह केसीको पुस्तक “नेपाली कांग्रेसको संक्षिप्त इतिहास” लोकार्पण भएको छ ।कांग्रेसको विगतदेखि वर्तमानको इतिहास र अनुभव संगालेको पुस्तक बिहीबार पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले विमोचन गरेका हुन् ।

पुस्तक विमोचन गर्दै प्रधानमन्त्री देउवाले कांग्रेसको इतिहास समेटिएको सो पुस्तक हरेक नेपालीको घर–घरमा पुर्‍याउनुपर्ने बताए ।‘मलाई त थाहा पनि थिएन, उहाँले यो पुस्तक निकाल्दै हुनुहुँदो रहेछ,’ देउवाले भनेका थिए, ‘कांग्रेसको इतिहास समेटिएको यो पुस्तक घर–घर पुर्‍याऔँ ।’ उनले कम्युनिष्ट पार्टीहरूले कांग्रेसबारे खराब प्रचार गरेको भन्दै त्यसलाई चिनुपर्ने आवश्यक रहेको बताए ।‘पार्टीको प्रचार पुगेको छैन । हामीले गरेका कामको पनि चर्चा भएको छैन,’ उनले भनेका थिए ।

विमोचनपछि नेता केसीले पुस्तकमा देशमा कांग्रेसको योगदान र उपलब्धि सहितको इतिहास समावेश गरेको बताए ।‘राणाविरुद्व जुन–जुन पक्षबाट लडिए ।ती कांग्रेस नभएपनि योगदान गरेकालाई स्मरण गरोस् भनि पुस्तकमा चर्चा गरेको छु,’ उनले भने ।उनले पुस्तकमा धेरै कुरा समेटेझैँ लागेपछि पुस्तक अझैपनि अपुरो रहेको बताए ।‘मैले राजनीति बुझें देखि अहिलेसम्म हेर्दा समय जटिल भए जस्तो लाग्छ ।हामी अन्तर्राष्ट्रिय शक्ति केन्द्रको होडबाजीमा छौँ ।दुवै शक्ति राष्ट्रलाई सन्तुलन राख्न चुनौतीपूर्ण छ, यो कांग्रेसले मात्रै गर्ने हो, कम्युनिष्टले सक्दैनन्,’ उनले भने ।

उक्त पुस्तक पुस्तक अक्सफोर्ड इन्टरनेसनल पब्लिकेशसनले प्रकाशन गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय