
काठमाडौ /
आउँदो स्थानीय तहको निर्वाचनमा कोरोना संक्रमण भएका व्यक्तिहरुलाई पनि मतदान गर्न दिइने भएको छ।निर्वाचान आयोगले व्यक्तिको मतदान गर्ने अधिकारलाई सुनिश्चत गर्दै स्वास्थ्य मापदण्ड सहित मतदान गर्न दिइने बताएको हो।
मंगलरबार प्रधानमन्त्री शेर बहादुर देउवासँग स्थानीय तह निर्वाचनको लागि भएको परार्मशका क्रममा आयोगले उक्त कुराको प्रबन्ध गराउने बताएको छ। त्यस्तै चुनाव सञ्चालन गर्ने समयमा पनि कोरोना संक्रमण फैलन सक्ने भन्दै आयोगले कोभिड–१९ मापदण्ड अपनाएर निर्वाचन गराउने बताएको छ।
निर्वाचनको मितिसम्म खोप अभियानलाई व्यापक बनाएर खोप लगाएको सुनिश्चित गर्ने, संक्रमितलाई मतदानको विषेश प्रबन्ध मिलाउने, स्वास्थ्य मापदण्डको पालना गराउने आयोगले जनाएको छ।