उता आकाशगङ्गा बाट
आधा आकाश मात्र ओगटेका भनिएका
ताराहरूकाे संख्या
जब देवदूतद्वारा गणनामा
आधा भन्दा बढि छ भन्ने कुराकाे
आकाशवाणी हुन्छ।
यता धर्तीमा भने
यस युगका ब्रम्हा विष्णु र महेश्वर
हातका अैालाले स्मार्ट फाेन र
ल्यापटपका किवेार्ड चलाउदै
पाैराणिक कालका उहीँ
ढुसी लागेका मस्तिष्क बाेकेर
स्त्री द्वेषका राग अलाप्नछन।
मानाै महिला भनेका कुनै बस्तु हुन
पुरूषले विवाह गरेर स्विकार नगरेसम्म
नारीकाे कुनै अस्तित्व छैन
त्यसैले महिलाकाे संख्या बढि हुदा
अब पुरूषले बहु विवाह गर्न पाउनु पर्छ।
ए खिया लागेका मष्तिष्कहरू र
कम्प्युटरमा अपडेट हुन नसकेका
पुराना सफ्टवेएरहरू
बुझ्नु अबका छाेरीहरू
केवल कसैकाे दासी बन्न मात्र जन्मदैनन
आँखामा सपना र
मष्तिष्कमा प्रश्न लिएर जन्मन्छन ।
उनीहरूलाई अब येा पृथ्वीमा
केवल एक आइमाई मात्र बनेर हैन
मानिस भएर बाच्नु छ।
रुपा थापा
नुवाकोट