
नुवाकोट /
राष्ट्रिय युवा संघ नुवाकोट जिल्ला कमिटीले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि, असंवैधानिक अभिव्यक्ति र निर्वाचन नगर्ने चलखेलप्रति सरकारको ध्यानाकर्षण गराएको हो।
उक्त विज्ञप्तिमा लेखिएक छ: सङ्क्रमणकालिन न्यायको विषय छिटो टुङ्ग्याउन र पिडित पक्षलाई न्याय दिलाउन अनिच्छुक वर्तमान सत्ता गबन्धनका नेता एवं नेपाल सरकारको बहाल भौतिक पुर्वाधार तथा यातायात मन्त्री एवं जसपा नेतृ रेणु कुमारी यादवको आपतिजनक , अपराधिक र ववरतायुक्त अभिव्यक्तिको राष्ट्रिय युवा संघ , नुवाकोट को गम्भीर ध्यानाआकर्षण भएको छ।
साथै “रौतहटको सदरमुकाम गौरमा आयोजित खुल्ला सभामा ज्यान मार्ने धम्की एवं गैर काण्ड जस्तै घटना दोहोर्याएर हत्या गर्ने धम्की दिएको भडकाउने तथा अराजकता फैलाउने काम गरेको छ” ।इतिहासमै बिर्सन नसकेन गौर हत्या काण्डको पुनरावृत्ति गराएको छ । निज रेणु कुमारी यादव मन्त्री पदमा एकछिन पनि बसिरहन अयोग्य ठहर गर्दै तत्काल मन्त्री पदबाट बर्खास्त गर्न राष्ट्रिय युवा संघ नुवाकोट , नेपाल सरकार समक्ष जोडदार माग गर्दछौ ज्ञापनपत्रमा भनिएकोछ।
अप्राकृतिक गठबन्धन एव असबैधानीक सर्वोच अदालतको परमादेश बाट जन्मिएको पञ्चदलिय गठबन्धन सरकारले नेपालको संविधान २०७२ स्थानिय तह निर्वाचन ऐन २०७३ ले गरेको प्रष्ट व्यवस्थालाई भ्रमपूर्ण व्याख्या गरि आगामी २०७९ वैशाख भित्र गर्नुपर्ने स्थानिय तहको निर्वाचन सार्ने प्रयत्न सिल रहेको छ ।जुन कार्य भर्त्सनायोग्य छ ।
स्थानिय तहको निर्वाचनल ( पर धकेलेर मुलुकमा राजनितीक अन्यौलता सिर्जना गर्ने गलत नियत ले अगाडी सारिएको हो भन्नेमा राष्ट्रिय युवा संघ नुवाकोट स्पष्ट छ । नेपलाको संविधानले स्थानिय तहहरुको रित्तताको परिकल्पनै गरिएको छैन । जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने सबै भन्दा नजिकको सरकारको भुमिकामा स्थानिय तह रहेकोले समयमै निर्वाचन हुनुपर्ने विषयमा राष्ट्रिय युवा संघ , नुवाकोट प्रष्ट र दृढ अडान रहेको छ ।
ज्ञापनपत्रको पुर्णपाठ: