
धादिङ/
जिल्लाको नेत्रावती डबजोङ गाउँपालिका–५ कटुञ्जेमा नेपालका प्रथम कवि सुवानन्द दासको प्रतिमा स्थापना गरिएको छ। उक्त प्रतिमाको सोमबार संघिय सांसद खेम प्रसाद लोहनी,गाउँपालिका अध्यक्ष दुर्ग कुमार शाक्य र अनुसन्धाता डा.नवीनवन्धु पहाडीले संयुक्त रुपमा अनावरण गर्नुभएको होे।
वि.सं. १८२५ तिर कवि सुवानन्द दासले रचना गरेको पृथ्वीनारायण शाह कविता नेपाली भाषाको पहिलो कविता मानिएको छ जुन कविता इतिहासकार बाबुराम आचार्यले सङ्कलन गरेका थिए ।
ऐतिहासिक व्यक्तित्वको सम्मानको लागि गाउँपालिकाबाट बिनियोजित रु. ५ लाखको लागतमा अर्धकदको प्रतिमा अनावरण गरिएको गाउँपालिकाका अध्यक्ष शाक्यले बताउनुभयो साथै प्रतिमा अनावरण समारोहकै अवसर पारी गाउँपालिकाको ऐतिहासिक अनुसन्धान प्रतिवेदन पनि सार्वजनिक गरिएको थियो ।प्रतिमा अनावरण समारोहमा अनुसन्धाता तथा लेखक राजु भट्ट महेन्द्र उपाध्याय लगायतको उपस्थिति रहेको थियो।