दैलेख /
नेकपा एमाले दैलेखको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा एमाले अधिवेशन प्रतिनिधिभन्दा २७ मत बढी खसेको छ। एमालेको अधिवेशनका लागि जिल्लाभरबाट ७२१ जना प्रतिनिधि चयन भएका थिए। पदाधिकारीका लागि खसेको मत एमाले प्रतिनिधि भन्दा २७ मत बढी हो।

यस्तै मुचुल्का उठाउँदा खसेको भनिएको ७१७ मत भन्दा ३१ बढी मत पदाधिकारी चयनका लागि थपिएको मत पेटिकामा भेटिएको हो।एमाले प्रतिनिधिभन्दा २७ र मुचुल्का उठाउँदा भनिएको मत भन्दा ३१ मत मतपेटिकामा भेटिएपछि निर्वाचन प्रक्रिया नै बदर गरिएको छ। एमाले अधिवेशनको अध्यक्ष मण्डलले मतदान नै बदर गर्ने निर्णय गरेको हो। एमाले पोलिट्ब्युरो सदस्य तथा दैलेख जिल्ला इन्चार्ज समेत रहेका अध्यक्ष मण्डलका अध्यक्ष लक्ष्मीप्रसाद पोखरेलले मतदान बदर गरिएको बताए।

अध्यक्ष मण्डलका सदस्य तथा एमाले कर्णाली प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहले अहिलेलाई निर्वाचन प्रक्रिया नै बदर गरिएको बताए। उनले अधिवेशनबाट निर्विरोध निर्वाचित भएका पदाधिकारी र जिल्ला कमिटी सदस्यहरुको हकमा सकेसम्म निर्विरोध निर्वाचित भएकाहरुको पद नजाने बताए।‘सकेसम्म निर्विरोध निर्वाचित हुनु भएका पदाधिकारी र सदस्यहरुको हकमा पद नजाने गरी हामी निणर्यमा पुग्छौँ,’ उनले भने ‘मतदानमा प्रतिनिधि भन्दा पनि बढी मत खसेको विषयमा पार्टीले अनुसन्धान गर्छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x