नुवाकोट /
भारत सरकार र संयुक्त राष्ट्रसंघ विकाश कार्यक्रम युएनडिपीको संयुक्त सहयोगमा गोरखा र नुवाकोटका करिब ५० हजार घर पुनर्निर्माण सम्पन्न भएको छ।
२०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्प र २९ गतेको पराकम्पका कारण नेपालमा ठूलो जनधनको क्षति भएको थियो। आवास पुनर्निर्माण सम्पन्न भएपछि भूकम्पको केन्द्रबिन्दु रहेको गोरखाको बारपाकका स्थानीयहरु ६ वर्षपछि आफ्नै आवासमा बसेका छन्। जग्गाहीनहरूले पनि घर बनाउनका लागि जग्गा पाएको र बस्नका लागि उचित बासस्थान पाउँदा खुसी देखिन्छन्।
अझै पनि गोरखा र नुवाकोटमा भूकम्पबाट भत्किएका सांस्कृतिक सम्पदाहरुको पुनर्निर्माण गर्नसके जिल्लाको मुहार फेरिने स्थानीयहरुको भनाइ छ।