
देउडी,नुवाकोट ।
नेपाली कांग्रेस इकाइ समिति विदुर -१३, नुवाकोटले एक कार्यक्रमकाबिच आज ‘४६ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाएको छ ।
विदुर-१३ डेउडीस्थित खेलकुद मैदानमा सञ्चालित कार्यक्रमको सभापतित्व वडा इकाईका सभापति हरेराम पौडेलले गर्नुभएको थियो । महाधिवेशन प्रतिनिधि धनसिंह तामाङ प्रमुख अतिथि रहनुभएको सो कार्यक्रममा राष्ट्रिय एकता तथा मेलमिलापको आजको सान्दर्भिकताका बारेमा विभिन्न वक्ताहरुले चर्चा गर्नुका साथै आफ्ना धारणाहरु व्यक्त गर्नुभएको थियो ।
नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालालगायतका नेता दक्षीण एसियामा भैरहेको विस्तारवादले नेपाललाई पनि अछुतो नराख्ने र यसबाट नेपाललाई जोगाउनुपर्ने निष्कर्षसहित लामो निर्वासन अन्त्य गरी नेपाली राष्ट्रिय स्वाधिनता र सार्वभौमसत्ता रक्षाको लागि ‘राष्ट्रिय एकता तथा मेलमिलाप’को नितिसहित स्वदेश फर्किएको दिनको सम्झनामा हरेक पुस १६ गतेलाई ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा कांग्रेसले मनाउँदै आएको छ ।
२०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले ‘कू’ गर्दै शासन आफ्नो हातमा लिएका थिए । तत्कालीन प्रधानमन्त्री वीपी कोइराला लगायतलाई जेल हालियो । महेन्द्रले बहुदलीय प्रजातान्त्रिक व्यवस्था विघटन गरी राजनीतिक दलमाथि प्रतिबन्ध लगाएर नेताहरूमाथि देशद्रोहको मुद्दासमेत लगाएका थिए। तर, २०२५ कात्तिक १४ गते वीपी कोइरालालगायतका नेताहरु जेलमुक्त भए । त्यसपछि उनीहरु भारतमा निर्वासन जीवन बिताउन थालेका थिए ।
२०३३ साल पुस १६ गते वीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कालगायतका नेताहरु राष्ट्रिय एकता र मेलमिलापको सन्देशसहित नेपाल फर्किएका थिए । दक्षिण एशियामा देखिएको तत्कालीन राजनीतिक सङ्क्रमणबाट नेपाललाई बचाउन आफूमाथिको मृत्युदण्डको मुद्दालाई बेवास्ता गर्दै त्यसबेला स्वदेश फर्किएका कांग्रेस नेता बिपीले मुलुकको सार्वभौम सत्ता रक्षाका लागि जनशक्ति (राजनीतिक दल) र राजशक्ति (राजा) मिल्नुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा विशेष अथितीहरु प्रदेश सभापति गणेश बाहादुर तमाङ, नुवाकोट उद्योग बाणिज्य सङ बर्तमान अध्यक्ष तारा बाहदुर कार्की ,प्रदेश सदस्य बिराज तामङ
विदुर नगर कमिटीका सदस्यहरु गोबिन्द अधिकारी, राम कुमार श्रेष्ठ र विदुत १३ नम्बर वडाका सदस्य पुरुषोत्तम अधिकारी लगायत वडा कार्यसमितिक पदाधिकारीहरु, पुर्ब नेपाली काङग्रेस कार्यसमितिका पदाधिकारीहरु तथा काङ्ग्रेसलाई माया गर्ने र आस्था रहेको स्थानीय उल्लेखनीय उपस्थिति रहेको थियो।
वडा उप सभापति माधब खड्काले स्वागत मन्तव्य राखी शुरु भएको उक्त कार्यक्रममा बिस्वराज अधिकारी,रामजी कार्की,पुरुषोतम अधिकारी,गोबिन्दा अधिकारी,बिराज तमाङ,तारा बाहादुर कार्की,गणेश मान तामाङ र धन सिङ तमाङ( प्रमुख अथिती) ले मन्तव्य राख्नु भएको थियो।
उक्त कार्यक्रम वडा सचीव राज कुमार अधिकारीले सन्चालन गर्नु भएको थियोे।