काठमाडौ /
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको अध्यक्षतामा Modernization and Improvement of Policing Project (MIPP) को Steering Committee को अन्तिम बैठक प्रहरी प्रधान कार्यालयमा शुक्रबार सम्पन्न भएको छ ।

बैठकमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले MIPP को अवधिमा प्रहरी संगठनलाई धेरै उपलब्धी भएको चर्चा गर्दै MIPP कार्यान्वयनमा नेपाल प्रहरीले व्यावसायिक क्षमता अभिवृद्धि, संस्थागत क्षमताको विकास तथा जनताको विश्वास सुनिश्चित गर्दै उल्लेखनीय प्रगति हासिल गरेको उल्लेख गर्नुभयो ।

नेपाल प्रहरी संगठनको विकासको लागि Integrated Program for Strengthening Security and Justice (IPSSJ) एवं MIPP जस्ता परियोजना धेरै नै महत्वपूर्ण रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले बेलायत सरकार र अन्य सरोकारवाला संघसंस्थाले परियोजना कार्यान्वयन एवं प्रहरी संगठनको आत्मविश्वास, योग्यता र क्षमता विकास गर्न निर्वाह गरेको भूमिकाप्रति आभार प्रकट गर्नुभयो ।आगामी दिनमा समेत अन्य परियोजनामा सहकार्य गर्दै जाने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

बैठकमा British Embassy नेपालका Deputy Head Of Mission Edward Roberts ले नेपाल प्रहरीसँगको सहकार्यमा MIPP कार्यान्वयनको अवधिमा सामना गरेका चुनौती बारेमा चर्चा गर्नुभयो । परियोजनाको महत्व एवं आगामी दिनमा समेत नेपाल प्रहरीसँग अन्य परियोजनामा सहकार्य गर्दै जाने उहाँले उल्लेख गर्नुभयो ।

प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका निर्देशक प्रहरी नायब महानिरीक्षक ईश्‍वर बाबु कार्कीले बैठकमा स्वागत मन्तव्य व्यक्त गर्दै MIPP को महत्व र उपलब्धीबारे चर्चा गर्नुभयो ।

गृह मन्त्रालयका सहसचिव डा. भिष्म कुमार भुसाल र केयर नेपालका Assistant Country Director मोना शेर्पाले MIPP परियोजनाको महत्वबारे चर्चा गर्नुभएको थियो ।

उक्त अवसरमा British Embassy नेपालका Peace, Security and Justice Adviser Mette Nielsen ले MIPP प्रोजेक्टको उपलब्धी, सिकाइ तथा भविष्यमा हुने साझेदारी सम्बन्धी तथा MIPP प्रोजेक्टको आयोजना प्रमुख कोमल कार्की र प्रहरी उपरीक्षक सविन प्रधानले MIPP प्रोजेक्टको कार्यान्वयनको अवस्था तथा प्रोजेक्टको समग्र प्रगति सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो ।

साथै कार्यक्रममा परियोजना कार्यान्वयन गर्ने साझेदारी संस्थाका प्रतिनिधिबाट अनुभव आदानप्रदान, सिकाइ तथा परियोजनाका गतिविधिहरू सम्बन्धी समीक्षा भएकोमा आगामी दिनमा सहयोग तथा साझेदारीको क्षेत्रहरू सम्बन्धमा छलफल तथा अन्तर्क्रिया भएको थियो ।

सोही अवसरमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रोजेक्ट साझेदारी संस्थाहरु British Embassy, UNOPS, Voluntary Service Overseas, International Alert र Care Nepal का प्रतिनिधिहरुलाई कृतज्ञताको चिनो प्रदान गर्नुभयो ।

नेपाल सरकार र तत्कालीन Department for International Development (DFID) हाल Foreign, Commonwealth and Development Office (FCDO) बीच सन् २०१५ जनवरी ६ मा द्विपक्षीय सम्झौता भई अपराध तथा घरेलु हिंसा रोकथाम र मुख्य रुपमा लैंगिक हिंसा न्यूनीकरणमा नेपालको प्रयासलाई सहयोग पुर्‍याउने उद्देश्यले DFID को आर्थिक सहयोगमा Integrated Program for Strengthening Security & Justice (IPSSJ) परियोजना संचालन भएको थियो । IPSSJ परियोजना अन्तर्गत नेपाल प्रहरीमा Modernization & Improvement of Policing Project (MIPP) कार्यक्रम सन् २०१५ देखि २०२१ डिसेम्बर ३१ सम्म संचालन भएको थियो । परियोजनाको लक्ष्य नेपालमा कानूनी शासन प्रणालीमा सुधार गर्नु रहेको थियो ।

उक्त परियोजना अन्तर्गत सम्पन्न भएका प्रमुख उपलब्धीहरुमा ७० वटा भौतिक संरचना निर्माण कार्य सम्पन्न, क्षमता अभिवृद्धि गर्न विभिन्न उन्नत तालिमहरु संचालन, Automated Fingerprint Information System (AFIS) प्रणाली ८४ वटा जडान, अपराधसम्बन्धी Database सफ्टवेयर National Crime Information Centre(NCIC) स्थापना तथा संचालन, नेपाल प्रहरी अस्पतालमा अक्सिजन प्लान्ट स्थापना, सामुदायिक अंकपत्र सम्बन्धी म्यानुयल निर्माण तथा १ सय जना प्रहरी अधिकृतहरू प्रशिक्षित, MIPP परियोजनाको सहयोगमा विभिन्न म्यानुअल, पाठ्यक्रम र अन्य Knowledge Product निर्माण, विभिन्न चार विषयमा अनुसन्धान भई प्रतिवेदन प्राप्त तथा सिन्धुपाल्चोक, दैलेख, मोरङ, कंचनपुर, बर्दिया, सिरहा, बागलुङ र काठमाडौं गरी ८ वटा जिल्लाहरूमा मनोसामाजिक विमर्शकर्ताहरु नियुक्त गरी सेवा प्रवाह लगायत रहेका छन् ।

बैठकमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायब महानिरीक्षकहरू, प्रहरी वरिष्ठ अधिकृतहरुको साथै साझेदारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x