ताप्लेजुङ/
जिल्लाको फक्ताङ्लुङ गाउँपालिका—४ खानी गाउँका पूर्णबहादुर तामाङको त्यो घर पनि गत वर्ष बर्खे झरीले भत्कायो। उनी अहिले अरूको बनाएका घरमा शरण लिएर बसेका छन्। ७६ वर्षीय पूर्णका धेरै वर्ष फेरिए, कपाल सेताम्मे भए, तर अहिलेसम्म घरको छानो फेरिएको छैन।

खर्च अभावका कारण उनले अहिलेसम्म खरको छानो फेर्न नसकेका हुन्। उनी पुर्खाका पालादेखि नै खरले छाएको घरमा बसिरहेका छन्। दश वर्षअगाडि खानी गाउँमा सबै एकै प्रकारका घर थिए– खरले छाएका। बिस्तारै केही पैसा हुनेले खरको छानो फेर्दै गए। केही विपन्न परिवारको भने अहिले पनि उस्तै छ। अरूको घरको छानो हेर्दै मन अमिलो बनाएर बस्नुपर्ने तामाङले बताए।

atOptions = { 'key' : 'f9917186bd0575514f4e39cc9f88ea24', 'format' : 'iframe', 'height' : 60, 'width' : 468, 'params' : {} };

उनले भने, ‘सबै टिनले छाएको घरमा बस्दा आफू खरले छाएको र त्यसमा पनि झरी पर्दा चुहिने घरमा बस्नुपर्दा आफ्नै भाग्यलाई दोष दिन्छु।’

सोही गाउँकी सुनमाया तामाङको पनि व्यथा उस्तै छ। उनले छिमेकीको घर छाउन नसकेर ढलेको देखेका छिन्। आफ्नो पनि घर भत्किएला कि भन्ने चिन्ताले उनलाई सताइरहन्छ।

अहिले गाउँघरमा अन्नबाली घर भित्र्यासकिएको छ। फुर्सदको यो समय गाउँघरमा घर बनाउन तथा छानो छाउन खर जुटाउने र छाउने बेला हो। गत वर्ष नै स्थानीय तहहरूबाट खरको छानामुक्त बनाइदिने भनी प्राविधिक आएर घरका चार कुना नापजाँच गरेका थिए। सुनमायाको घरको छानो गत वर्ष नै छाउनुपर्ने थियो। उनले घर छाउन खर काट्ने तयारी गर्दागर्दै स्थानीय तहबाट प्राविधिक आएर चार कुना नापजाँच गरे।

खरले छाएका घरमा जस्ताका पाता दिइने भएपछि उनको खुसीको सीमा नै रहेन। तर त्यो खुसी धेरै समय टिकेन। गत वर्ष नै नापजाँच गरिए पनि अहिलेसम्म जस्ताको पाता नपाउँदा उनमा निराशा छाएको छ। उनले भनिन्, ‘गाउँपालिकादेखि आएका प्राविधिकले अर्को चरणमा आउँछ भनेपछि आशा गरेर बसेका छौँ। दिने नदिने थाहा छैन। नदिने भए खर जुटाएर भए पनि छाना छाउनैपर्यो। चुहिने घरमा त बस्न सकिन्न।’

सिदिङ्वा गाउँपालिका—४ साब्लाखु निवासी खोमनाथ खड्काका मुहारमा पनि अचेल खुसी देखिन छाडेको छ। जाडो मौसम सुरु भएको छ। घरको छाना मक्किएर झरिसक्यो। घर उदाङ्गो हुँदै छ। अझ हावाहुरीको समय आउँदै छ। त्यसैको पीरले खड्कामा खुसी हराउँदै गएको छ।

गत वर्ष नै जस्ताको पाता दिने भनेर घर नापजाँच गरिए पनि दुई वर्ष बित्न लाग्दा पनि जस्ताको पाता नपाउँदा आफूलाई दुःख लागेको उनले बताए।

पूर्णबहादुर, सुनमाया र खोमनाथ मात्र नभई जिल्लाका १ हजार ८७४ घरपरिवारको व्यथा उस्तै छ।

अर्थाभावका कारण खरको छानामुनि बस्न बाध्य उनीहरूको घरका छाना छाउन सहरी विकास तथा भवन निर्माण विभागको नयाँ जस्तापाताको छाना लगाउने कार्यक्रममार्फत गत वर्ष नै नापचाँच गरिएको थियो।

त्यसैको आसमा बसेका परिवार अहिले दोधारमा छन्। जस्तापाता पाइएला भनी बसेका उनीहरूमा निकै छट्पटी सिर्जना भएको छ। खर काटेर घरको छानो छाउन थालौं भने घर नापजाँच गरिएकाले जस्तापाता पाइहालिन्छ कि भन्ने आसा पनि तिनलाई छ।रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय