• असोज २५, २०८३ आइतबार
    11 Oct, 2026, Sunday

    नयाँ जहाज खरिद गर्न नेपाल एयरलाइन्सले सरकारसँग माग्यो १५ अर्ब


    २०७८ पुष ६, मंगलबार

    २०७८ पुष ६, मंगलबार

    काठमाडौं /
    नेपाल एयरलाइन्सले नयाँ जहाज खरिद गर्न सरकारसँग १५ अर्ब रुपैयाँ माग गरेको छ ।

    निगमले नयाँ जहाज खरिदको कार्ययोजना बनाइरहेको भन्दै नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीले सरकारसँग उक्त रकम माग गरेका हुन् ।

    मंगलबार निगममा आयोजित कार्यक्रममा अधिकारीले केही दिनमै नयाँ जहाज खरिदबारे निर्णय गरिने भन्दै पर्यटनमन्त्री समक्ष यस्तो माग गरेका हुन् ।

    उनले भने, “यो रकम पुँजी वृद्धिका लागि प्राप्त होस्, हामी कर्मचारीको तलबमा लगाउँदैनौं, नयाँ जहाज किन्छौ ।’

     

    मिल्दो जुल्दो खबर