नुवाकोट /
नेपाल कम्युनिस्ट पार्टि (माओवादी केन्द्र) बागमती प्रदेशको अध्यक्षका लागि दुई जनाले उम्मेदवारी दिएका छन्। निर्वाचन समितिका अनुसार दिनानाथ गौतम र सरल सहयात्री पौडेलले उम्मेदवारी दर्ता गराएका हुन्।
त्यस्तै तीन उपाध्यक्षका लागि दीपेन्द्र श्रेष्ठ, रुपा महर्जन, रामप्रसाद ढुंगाना, मैनकुमार मोक्तान (मदन), शिव कोइराला, श्रीगोविन्द महर्जन, प्रेमबहादुर पुलामी, रामध्वज डल्लाकोटी, दिलबहादुर विक र अमरबहादुर विश्वकर्माले उपाध्यक्षमा उम्मेदवारी दिएका छन्।
त्यस्तै सचिवमा धर्म महर्जन, रामचन्द्र अधिकारी, इन्द्रबहादुर थिङ (छिन्ताङ) र अन्जानकुमार तिमिल्सिना, सहसचिवमा द्रोणबाबु शिवाकोटी, महेश्वर फुयाल, दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने, नवराज ढुंगाना (विश्वास), प्रकाश श्रेष्ठ, परशुराम रिमाल, शिवबहादुर काती, सञ्जय लामा र लालकुमारी पुनले उम्मेदवारी दिएका छन्।
कोषाध्यक्षमा भने तोत्रकुमारी अधिकारी, विदुर खड्का र संगीता भट्टराईले उम्मेदवारी दिएका छन्।