साउदीअरब/
वैदेशिक रोजगारीको लागि साउदी अरब आएका ८ जना नेपाली अलपत्र परेको ।सर्लाही बासवारिया घर भएका भगिरथ राय यादब ,रमेश राय , राज कुमार दास ,सुरेश दास ,सन्जिब राय,राम दुलार राय,होश नारायण राय र राज करण राय अलपत्र परेका हुन् ।

उनीहरू काठमाडौंको सिनामंगलमा रहेको अल हर्मन एच.आर. प्रालिबाट साउदीको जुमा कन्ट्राक्टिङ कम्पनीमा कामदार भिजामा आएका थिए।उनीहरूलाई म्यानपावरले सम्झौता गरेको भन्दा कम तलब दिने भएपछि सम्झौता अनुसारको तलब माग गर्दा बसिरहेको बासस्थानबाट कम्पनीले निकालीदिदा अलपत्र परेका हुन्।

नेपालबाट आफूहरूलाई लैजादा ८ घण्टा काम गर्नुपर्ने, १ हजार साउदी रियाल तलब हुने र खानाको ३०० रियाल हुने म्यानपावर कम्पनीले बताएको उनीहरूले जानकारी दिए। ‘तर, यहाँ ८ घण्टा काम र तलब ८०० +२०० रियाल हुने भएपछि ,हामी काम गर्दिन ,हामिलाई घर पठाईदेउ भन्दा रुमबाट निकालीदिए पिडित रमेश रायले भने।

atOptions = { 'key' : 'f9917186bd0575514f4e39cc9f88ea24', 'format' : 'iframe', 'height' : 60, 'width' : 468, 'params' : {} };

कम्पनीले निकालेपछि पीडितले म्यानपावरको साउदी स्थित सन्चालक मोहम्मद ममताज रैनलाई जानकारी गराएको थियो। रैनले पीडितलाई समस्या समाधान भन्दानी गाली गलौज गरेर गैर जिम्मेवार जवाफ दिएर धम्काएको पीडितले बताए। पिटि अनलाईनलाई प्राप्त भ्वाइस रेकर्डमा रैनले असभ्य भाषामा गाली गलौज गरिएको पाएको छ।

कम्पनीले निकालिदिदा दम्माम स्थित निर्माणाधीन भवनमा अलपत्र बसिरहेको अबस्थामा हेल्प मधेसी साउदीलाई उद्वारको लागि अनुरोध गरेका थिए । हेल्प मधेसी साउदीले पीडितहरु अबस्थामा बारे तुरुन्तै नेपाली दूतावास साउदीलाई जानकारी गराउदै उद्वार गर्न अनुरोध गरेका हेल्प मधेसीका केन्द्रीय उपाध्यक्ष-श्याम कुमार महतोले जनाएको छ। पीडित तर्फबाट उद्वारको लागि दूतावासलाई निवेदन प्राप्त भएपछि दम्मामबाट अलपत्र अबस्थामा ३ जना र जेद्वाबाट ४ जनाको एनआरएनए मध्यपुर्व उप संयोजक तथा मध्यपुर्व संयोजकका उम्मेदवार राजेन्द्र अर्यालको सहयोगमा हेल्प मधेसी साउदीले उद्वार गरि एनआरएनए सेल्टर राखीएको उपाध्यक्ष महतोले जानकारी दिनुभयो।

अल हर्मन म्यानपावरबाट अलपत्र ८ जना नेपाली अलपत्र परेको जानकारी म्यानपावर संचालक रैनलाई जानकारी गराएपछी शुक्रबार साझ सम्म भेटेर समस्या समाधान गर्ने बताए पनि समस्या समाधान हुन नसकेको महतोले बताउनु भयो।

उहाँले आफू सदैब समस्या समाधान गर्न तयार भएको १२ सय – १३ सय किलोमिटर यात्रा गरि दम्माम आएको शुक्रबार पीडितलाई भेट्न नसके ,केही समस्या भएको पीडितलाई अर्को कामको लागि जेद्वा जान ब्यबस्था गरेको तर पीडित नगएको ,सबै समस्या आफुले समाधान गर्छु भन्दा भन्दैनी संस्थामा गएको भन्दै गुनासो गरेका छन्। आफुले समस्या समाधान गर्न नसके अर्को हप्ता नेपाल पठाउने संचालक रैनले भने । तपाईंले अहिले जति राम्रो भनेपनी पीडितलाई किन धम्काएको भनेर प्रस्न गर्दा आफ्नै साथीको भाईभतिजा हुदा काम नगर्दा सामन्य रुपमा कडा भएको आफ्नो नराम्रो गर्ने मनसाय नरहेको उनले भने ।

संचालक मो. मोमताज रैन संग सम्पर्क बिहिन भनिएका सुरेश राय पनि साथमा रहेका छन्। उनै सुरेश रायले भने -केही समस्या परेको हो ,भने जस्तो भएन भने नेपाल पठाउने भनेको छ। ३ जना साथी लिन दम्माम आएको हो। कतै तपाईलाई डर त्रास ,प्रलोभनमा पारिएको छैन सत्य के हो भनेर प्रश्न गर्दा मलाई कुनै डर धम्की नदिएको र सहयोग गर्छु ,समस्या समाधान गर्छु भनेर म रैनको साथमा दम्माम आएको हु सुरेश रायले भने ।

यता संचालकले आफ्नै साथीको भाइ भतिजा भनेर दाबी गरि रहदा पीडितका परिवारले जिल्ला प्रशासन कार्यालय सर्लाहीलाई अलपत्र आफ्ना परिवारका सदस्यलाई उद्वार गरि पाउ भनेर निवेदन दर्ता गराएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय