काठमाडौ /
निवर्तमान अध्यक्ष कमल थापाले पार्टी नेतृत्वको निर्वाचनमा पुर्व राजा र निर्मल निवासको हस्तक्षेप वारे निस्पक्ष छनाविन गर्न माग गरेका छन् ।सोमबार एक विज्ञप्ति सार्वजनिक गर्दै उक्त माग गरेका हुन।
थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा लेखिएको छ “पार्टी नेतृत्वको निर्वाचनमा पुर्व राजा र निर्मल निवासको हस्तक्षेप वारे
निष्पक्ष छानिवन समिति बनाउनु होस् । हस्तक्षेपको भत्सर्ना गर्नुहोस् ।भविष्यमा हस्तक्षेप नहुने सुनिश्चित गर्नुहोस् । राजसंस्थाका वारेमा र पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने निर्मल निवासको योजनाका वारेमा पार्टीभित्र बहस शुरू गर्नुहोस् ।यसो गर्न सक्नु भयो भने पार्टी एकता पनि कायम रहन्छ र पार्टीको भविष्य पनि सुनिश्चित हुन्छ ।
पार्टीको वृहत्तर हित र एकताको पक्षमा म मन वचन र कर्मले प्रतिवद्ध छु ।यो पार्टीमा मेरो रगत पसिना वगेको छ ।मलाई राप्रपाको धेरै माया छ ।पार्टीका हजारौ कार्यकर्ताहरूको भविष्यको मलाई चिन्ता छ ।”
विज्ञप्तिको पुर्णपाठ :-